असोज १५, २०८२, बुधबार

श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्ताे हाेला ?


Advertisement Image
clock icon 8 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असोज १५ गते बुधबार, इस्वीसंवत अक्टोबर १ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्ल (दुर्गा) पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल(दुर्गा) पक्षको नवमी (महानवमी) तिथि दिनमा २ः३३ मिनेटसम्म त्यसपछि दशमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरषाढा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा अतिगण्ड ४२ घटि ४२ पलासम्म त्यसपछि सुकर्म योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २९ घटि ३९ पला अर्थात ११ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः५७ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः४८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा २ः०७ बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । आज बडादशैँको महानवमी पर्व, राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस रहेको छ। 

आजको राशिफल

मेषः आज सामाजिक र धार्मिक काममा तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च ब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईँको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन अध्ययन, अनुसन्धानको काममा ध्यान दिनुहोला । दिनमा १ बजेपछि स्वास्थ्यमा एक्कासि समस्या देखिने र टाढाको यात्रामा तनाव हुने देखिन्छ ।

वृषः आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैसँग पनि आग्रह पूर्वाग्रह नराखी काम गनुहोला । दक्षिणतर्फको यात्राले तपाईंलाई खर्चमात्रै गराउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मिथुनः आजको दिन मध्यम खालको रहनेछ । आज धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुशियाली छाउने छ । तर आर्थिक कुराले नै घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुन सक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । आज दक्षिणतर्फ यात्रा गर्दै हुनुहुन्छ भने झमेलामा परिनेछ । 

कर्कटः आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । चन्द्रमाको साथ भएकाले आजको दिन तपाईँको सोचअनुसारको काम गर्दा तपाईँलाई फाइदा हुन्छ । व्यापार ब्यवसायमा नयाँ लगानी गर्न पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । दिनमा ३ः३० पछि यात्रामा निकै चनाखो हुन आवश्यक छ । यात्राका क्रममा कसैले खानेकुरा दिएमा नखानुहोला । 

सिंहः आज बिहान भगवान श्रीरामको दर्शन गर्नुहोला । नत्र तपाईँलाई अनावश्यक विवाद हुन सक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुन सक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईँका लागि शुभ हुन सक्छ ।

कन्याः आज टाढाको यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आज दक्षिणतर्फ यात्रा गर्दै हुनुहुन्छ भने विशेष सतर्क हुनुहोला । 

तुलाः आज मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुन सक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ रहेको छ बिहान श्रीराम भगवानको दर्शन गर्नुहोला ।

वृश्चिकः आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरूआत गर्नुहोला । मनमा प्रशन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । दिनमा १ बजेपछि तपाईमाथि अनावश्यक आरोप लाग्न सक्छ । त्यसैले आफ्नो नियमित काम गर्दा होशियारी, धैर्य आवश्यक छ ।

धनुः आज परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईँको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रहरूबाट असहयोग हुन सक्नेछ । तपाईँलाई कसैको साथ सहयोग नहुँदा पनि तपाईको मनमा उर्जा प्राप्त गर्नका लागि देवालय र शिवालयको दर्शन गर्नु होला ।

मकरः आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । आफूले गरिरहेको कामबाट मान सम्मान प्राप्त हुन सक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकाहरूलाई नसोचेको सम्मान मिल्न सक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भः आज मनमा अति प्रशन्नता छाउने छ । सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापार ब्यवसायबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुशी हुनेछन् । आज श्रीराम भगवानको दर्शन गर्नुभएमा तपाईंको मनमा निकै उत्साह छाउनेछ, परिवारमा पनि शान्ति हुनेछ । 

मीनः आज बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने व्यक्तिले आजको दिन बिहान सूर्यस्तोत्र पाठ र श्रीराम भगवानको प्रार्थना गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । परिवारको सहयोगले तपाईंको उच्च प्रगति हुने देखिन्छ ।

साहित (यात्रा): सूर्य कन्या राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः५५ बजेदेखि ७ः२४ बजेसम्म लाभ बेला
बिहान ७ः२४ बजेदेखि ८ः५४ बजेसम्म अमृत बेला
बिहान ८ः५४ बजेदेखि १०ः२४ बजेसम्म काल बेला
बिहान १०ः२४ बजेदेखि ११ः५४ बजेसम्म शुभ बेला
दिनमा ११ः५४ बजेदेखि १ः२४ बजेसम्म रोग बेला
दिनमा १ः२४ बजेदेखि २ः५३ बजेसम्म उद्धेग बेला
दिनमा २ः५३ बजेदेखि ४ः२३ बजेसम्म चर बेला
दिनमा ४ः२३ बजेदेखि ५ः५३ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः५३ बजेदेखि ७ः२३ बजेसम्म अमृत बेला
साँझ ७ः२३ बजेदेखि ८ः५४ बजेसम्म काल बेला
राति ८ः५४ बजेदेखि १०ः२४ बजेसम्म शुभ बेला
राति १०ः२४ बजेदेखि ११ः५४ बजेसम्म रोग बेला
राति ११ः५४ बजेदेखि १ः२४ बजेसम्म उद्धेग बेला
राति १ः२४ बजेदेखि २ः५५ बजेसम्म चर बेला
रातिमा २ः५५ बजेदेखि ४ः२५ बजेसम्म लाभ बेला
रातिमा ४ः२५ बजेदेखि ०५ः५५ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.