असोज १८, २०८२, शनिबार

मलेसियाबिरुद्धको दोस्रो खेलमा नेपालको शानदार जीत


Advertisement Image
clock icon 7 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाबिरुद्धको दोस्रो खेलमा शानदार जीत हासिल गरेको छ ।

टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत कुआलालम्पुरस्थित वायुमास ओभलमा शनिबार बिहान सम्पन्न दोस्रो खेलमा नेपालले मलेसियालाई छ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपालले १६दशमलव२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्न सफल भएको हो ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रनको योगदान गरिन् । यस्तै, कप्तान ईन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । नेपाललाई जिताउन पूजा र रुबीले ४३ रनको साझेदारी गरे भने पूजा र इन्दुले ३७ रनको साझेदारी गरे ।

मलेसियाकी आयना हमिजाले दुई तथा दानिया स्युहादा र नुर आलियाले एक-एक विकेट लिए ।

त्यसअघि मलेसियाले २० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन तथा कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् । नेपालकी सोमु विष्टले दुई तथा कविता कुँवरले एक विकेट लिए ।

नेपाल यसअघिको पहिलो खेलमा तीन रनले पराजित भएको थियो । योसँगै पाँच खेलको शृंखला एक-एकको बराबरीमा भएको छ । नेपालले तेस्रो खेल आइतबार खेल्नेछ ।

Copyright © 2024 | All rights reserved.