माघ ०३, २०८२, शुक्रबार

प्राडा बुद्धिबहादुर थापाद्वारा तालबाराही मन्दिर पुनर्निर्माणमा सहयोग


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरास्थित तालबाराही मन्दिर पुनर्निर्माणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा बुद्धिबहादुर थापाले सहयोग गरेका छन् ।

पोखराको फेवासिटी हस्पिटलका संस्थापक अध्यक्षसमेत रहेका थापाले मन्दिर पुनर्निर्माणका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
थापा आफै मन्दिर पुनर्निर्माण समितिको सचिवालयमा सहभागी भएर रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा फेवासिटी अस्पताल प्रालिका अध्यक्ष सर्वजित अधिकारी, सञ्चालक हरि केसी, दिनेशबाबु खडका, डा. सुरेश थापाका साथै साथ ग्यास्ट्रो टेनिसियन कपील सिग्देललगायत सहभागी थिए ।

मन्दिर पुनर्निमाण समिति अध्यक्ष परशुराम पहारीको अध्यक्षतमा भएको कार्यक्रम सूचना अधिकारी राजेन्द्र खत्रीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा समिति उपाध्यक्षद्वय जुना आधिकारी र महेश्वर पहारी, कोषाध्यक्ष निर्मल खत्री, आरती समितिका निवर्तमान अध्यक्ष मंगल नेपालीलगायत सहभागी थिए ।

Copyright © 2024 | All rights reserved.