0
प्रतिक्रिया
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
सभापति गगनकुमार थापाको कार्यसमितिले निर्वाचन आयोगबाट मान्यता पाएपछि बैठक पहिलो पटक आज बस्न लागेको हो ।
निर्वाचन आयोगले शुक्रबार बेलुकी विशेष महाविधेशन गरेर विधिपूर्वक आएको गगन थापाको नेतृत्वलाई मान्यता दिएको हो ।
बैठक बिहान ११ः३० बजेदेखि अर्पन ब्यांक्वेटमा शुरू हुने सभापति थापाको सचिवालयले जनाएको छ ।
बैठकमा विशेष गरी देउवा पक्षसँग मिलेर कसरी अगाडि बढ्ने, पार्टी कार्यालयमा व्यवस्थापन सँगसँगै प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको बारेमासमेत छलफल हुने बताइएको छ ।
मान्यता पाएँसगै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाईसमेत समेटेर जाने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।
यस्तै उपसभापति विश्वप्रकाश शर्माले पनि कुनै मुद्धा मामिलामा अल्झिनुभन्दा अब सशक्त ढंगले कुनै गुट उपगुट बिना नै अगाडि बढ्न देउवा समूहलाई आह्वान गरेका छन् ।
यता देउवा समूह भने कुनै पनि हालतमा नछाड्ने मनस्थितिमा देशैभर आन्दोलन चर्काउन खोजिरहेको छ ।
तर अब कसरी अगाडि बढ्ने भनेर देउवा समूह पार्टी कार्यालय सानेपामा छलफलमा छ ।
Copyright © 2024 | All rights reserved.