फागुन ०५, २०८२, मंगलबार

पोखरा-२६ मा कांग्रेस उम्मेद्वार तिलक रानाभाटको अभियान


Advertisement Image
clock icon 10 hours, 10 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका तिलक रानाभाटले मादी गाउँपालिका र रुपा गाउँपालिकाको पहिलो चरणको भेटघाट तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेर बजार केन्द्रित चुनाव प्रचारलाई अगाडि बढाएका छन्।

बजार केन्द्रित चुनाव प्रचार कार्यक्रमअन्तर्गत तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नं २६ का विभिन्न टोल तथा बस्तीहरू गरी सोमबार १४ ठाउँमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

उम्मेदवार रानाभाटले भेटघाट कार्यक्रमअन्तर्गत पोखरा-२६ का विकास निर्माणका कामहरूको अवलोकन गर्दै थप विकासका योजनामा आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफूले अहिलेसम्म गरेका विकास तथा जनप्रेमी कामहरु थप अगाडि बढाउन तिलक रानाभाटले चुनाव जित्नुपर्ने अति आवश्यकता रहेको बताएका छन्।

वडाध्यक्ष थापाले अब डिजिटल युग भएको हुनाले समय सापेक्ष युवामैत्री र डिजिटल विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले तिलक रानाभाटको विजयसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र गगन थापा प्रधानमन्त्री हुँदा आफूहरूले पोखरा र पोखरेलीको विकासमा हातेमालो गर्न थप सहयोग पुग्ने पनि जनाएका छन्।

कार्यक्रममा जनप्रतिनिधिहरू तीर्थ राजभाट, सुदीपराज ढुङ्गाना, स्थानीय समाजसेवी तथा राजनीतिज्ञ ध्रुव विक, श्रीमाया बिक, वेणीमाधव अधिकारी, पार्वती बराल, बद्रीनाथ ढुङ्गाना, सरोज बिक, जगन्नाथ तिमिल्सिना, सरस्वती गौतम, विक्रम ओझा, शारदा बराल. राजु गुरुङ, क्षेत्र प्रधान, माया भण्डारी, हरिबहादुर लामिछाने, रामबहादुर राणा मगरलगायतले उम्मेदवार रानाभाटलाई भव्य विजयको शुभकामना व्यक्त गरेका थिए।

नेपाली कांग्रेस पोखरा-२६ का सभापति शिवबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडासचिव ईश्वरी अधिकारीले गरेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले बताए।

Copyright © 2024 | All rights reserved.