जेठ ०७, २०८३, बिहीबार

पोखरामा अफलाइन रुपमा पठाओ र इनड्राइभ सञ्चालन गरी ठग्ने १० जना पक्राउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरामा अफलाइन रुपमा पठाओ र इनड्राइभ सञ्चालन गरी ठगी गरेको आरोपमा १० जना पक्राउ परेका छन्। 

उनीहरूले यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा उठाएको र यात्रुहरूलाई अनावश्यक दुःख तथा हैरानी दिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उनीहरूलाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं ३ घर भई हाल पोखरा–९ पृथ्वीचोक बस्ने २६ वर्षीय श्याम काफ्ले, पोखराको नदीपुरका २५ वर्र्षीय रेश्मा काफ्ले, तनहुँ शुक्लागण्डकी–४ घर भइ हाल पोखरा–९ नयाँबजार बस्ने ३४ वर्षीया अब्जल मिया छन्।

यसगरी स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भइ हाल पोखरा–३ नदीपुर बस्ने २५ वर्षका मृत सुनार, फूलबारी बस्ने ३७ वर्षका सूर्यबहादुर नेपाली, स्याङ्जा भिरकोट–८ घर भई हाल पोखरा–१४ मझेरीपाटन बस्ने ४४ वर्षका कृष्णकुमार गहतराज, काठमाडौँ चन्द्रगिरी–२ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ३० वर्षका विक्की लामालाई पनि कास्की प्रहरीले पक्राउ गरेको छ।

यस्तै, स्याङ्जा बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा–१७ पावरहाउस बस्ने २८ वर्षका आकाश बिक, म्याग्दी घर भई हाल पोखरा–१७ बिरौटा बस्ने २९ वर्षका अनिल पाइजा र गोरखाको गोरखा नगरपालिका-१४ घर भई हाल पोखरा–७ रत्नचोक बस्ने ३९ वर्षका नबिल आले पक्राउ परेका छन्।

कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिएका सबैमाथि अनुसन्धान जारी छ।

Copyright © 2024 | All rights reserved.