फागुन १३, २०८२, बुधबार

त्रिवेणी पब्लिकमा विद्यार्थीको बिदाइ


Advertisement Image
clock icon 7 hours, 25 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका–२७ अर्घौस्थित त्रिवेणी पब्लिक माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरेका छन्।

आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन लागेका विद्यार्थीका लागि विद्यालयले विदाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका प्राचार्य विष्णु प्रसाद अधिकारीले विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै अभिभावकको सहयोगले विद्यालयले उपलब्धि हासिल गर्दै आएको बताए।

उनले अनुशासनमा बसेर मेहनत गर्न र परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।

विदाई हुने विद्यार्थीका तर्फबाट निस्मा गुरुङले विद्यालयमा बिताएका पल अविस्मरणीय रहेको बताउँदै शिक्षक–शिक्षिकाको माया र सहयोगप्रति आभार व्यक्त गरिन्।

अर्का छात्र लेनिश केसीले अभिभावक र शिक्षकले देखेको सपना पूरा गर्ने प्रतिबद्धता जनाए।

कक्षा ९ की छात्रा निष्ठा लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा कृति पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने स्नेहा ओझा र अभिनम ढुंगानाले कार्यक्रम सञ्चालन गरेका थिए।

Copyright © 2024 | All rights reserved.