जेठ ११, २०८३, सोमबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको भाउ बढेको छ । बिहीबारको तुलनामा सुनको भाउ तोलामा दुई हजार दुई सय र चाँदीको ८५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार नौ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुनेक्रम नरोकिएको बजार विश्लेषकहरूको दावी छ।

Copyright © 2024 | All rights reserved.