0
प्रतिक्रिया
धादिङ । धादिङ जिल्लामा निर्माणाधीन नौबिसे-नागढुङ्गा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ।
आयोजनाअनुसार हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार पहिलो चरणअन्तर्गत १२ दशमलव ५ किलोमिटर सडक र दुई पुल निर्माणको जिम्मेवारी थियो।
धेरैजसो काम सकिएको र अब ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे तथा खानीखोलामा आकाशे पुल निर्माण गरिने छ।
अन्तिम तहको कालोपत्रेपछि सडक सुरक्षाका मापदण्ड, सवारी सङ्केत र रङ्गरोगन गरिनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसअघिको होली पर्वका कारण निर्माण कार्यमा केही असर पर्न सक्ने आयोजनाले जनाएको छ।
ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्काका अनुसार निर्वाचनका कारण काम ढिलो हुन सक्छ।
यसअघि विद्युत्का पोल सार्न ढिलाइ हुँदा काम प्रभावित भएको थियो।
खानीखोला क्षेत्रमा टहरा विवादका कारण आकाशे पुल निर्माणमा केही समय ढिलाइ भएको थियो।
अहिले अधिकांश स्थानीय हटिसकेकाले कामले गति लिने अपेक्षा गरिएको छ।
२०७९ सालदेखि शुरू भएको यो आयोजना सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने-बाहिरिने सवारी चाप घट्ने विश्वास गरिएको छ।
Copyright © 2024 | All rights reserved.