जेठ १३, २०८३, बुधबार

बैशाख ९ गतेलाई सारियो उद्योग वाणिज्य महासंघको कार्यकारिणी बैठक


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ।

महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो।

तर उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो।

महासंघको बीसौं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ।

Copyright © 2024 | All rights reserved.