फागुन २०, २०८२, बुधबार

आज कस्तो रहला देशभरको मौसम ?


Advertisement Image
clock icon 3 hours, 48 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

ती भूभागलगायत बाँकी भूभागहरूमा तुँवालो पनि लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

Copyright © 2024 | All rights reserved.