चैत ०१, २०८२, आइतबार

एमालेले टुङ्ग्यायो समानुपातिक सांसदको सूची


Advertisement Image
clock icon 8 hours, 52 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना उम्मेद्वारको नाम अन्तिम टुङ्गो लगाउँदै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको उक्त बैठकले उम्मेद्वार चयनका साथै विभिन्न शोक प्रस्तावहरू समेत पारित गरेको छ।

पार्टीका उपमहासचिव लेखराज भट्टले समावेशी क्लस्टरका आधारमा छनोट गरिएका उम्मेद्वारहरूको नामावली सार्वजनिक गरेका छन्।

उनका अनुसार निर्वाचन आयोगमा पठाइने सूचीमा आदिवासी जनजातितर्फ भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।

यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल, पुष्पराज कँडेल र पिछडिएको क्षेत्र तथा अपाङ्गता क्लस्टरसमेत समेटेर यशोदा कुमारी बराललाई चयन गरिएको छ।

थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल तथा मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस गर्ने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिए।

संसदमा नेकपा एमाले २५ सिटसहित तेस्रो ठूलो दल बनेको छ ।

Copyright © 2024 | All rights reserved.