बैशाख १५, २०८३, मंगलबार

रुख ढल्दा च्यापिएर एक किशोरीको घटनास्थलमै मृत्यु


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । झापामा गएराति आएको भीषण हुरीका कारण  रुख ढल्दा च्यापिएर एक किशोरीको घटनास्थलमै ज्यान गएको छ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका वडा नं २ की १७ वर्षीया आरती राजवंशी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार  राति घरभित्र सुतिरहेका बेला अचानक रुख ढलेर घरमाथि थिचिँदा उनको मृत्यु भएको हो।

यस वर्ष प्रिमनसुन शुरू भएसँगै देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङका घटना बढ्दै गएका छन्, जसका कारण ठाउँठाउँमा धनजनको क्षति हुन थालेको छ।

Copyright © 2024 | All rights reserved.