चैत ०२, २०८२, सोमबार

गोरखामा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु


Advertisement Image
clock icon 16 hours, 56 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । गोरखामा भारतीय तीर्थयात्री सवार विद्युतीय गाडी दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

उद्धार कार्यमा खटिएका दिपक पाण्डेका अनुसार बसमा प्रसिद्ध मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेका १५ जना भारतीय नागरिक सवार थिए ।

दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् भने बाँकी आठ जनाको उद्धार गरिएको छ। घाइतेमध्ये सात जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

घटनास्थलमा रहेका केही शव निकाल्न सशस्त्र प्रहरी बल नेपाल को टोली परिचालन गरिएको थियो।

गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको जानकारी दिइएको छ।

प्रारम्भिक अनुमानअनुसार ओरालो बाटोमा विद्युतीय गाडी अत्यधिक तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ।

Copyright © 2024 | All rights reserved.