चैत १७, २०८२, मंगलबार

आज महावीर जैनको २६२५औँ जन्मजयन्ती


Advertisement Image
clock icon 4 hours, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्ने महावीर जैनको २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

इसापूर्व ५९९ मा चैत्रशुक्ल त्रयोदशीका दिन वैशाली नजिकै कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाका पुत्रका रूपमा उनको जन्म भएको थियो।

राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीमा महावीर जैन १२ वर्षसम्म कठिन तपस्यामा लीन भएका थिए।

तपस्यापछि उनले प्राप्त गरेको ज्ञान र जैन दर्शन मानव समुदायमा बाँडेका हुन्।

नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैनका अनुसार शास्त्रीय मान्यतामा २४ तीर्थङ्करहरूमध्ये महावीर जैन एक हुन्। उनले हिंसा नगर्नु, सत्य बोल्नु र आफूलाई चाहिनेभन्दा बढी वस्तु सङ्ग्रह नगर्नु (अपरिग्रह) भन्ने मुख्य सन्देश दिएका थिए।

अरूलाई दुःख दिनु पनि हिंसा नै हुने र अरूको उपकार गर्नु नै वास्तविक अहिंसा हुने महावीरको मौलिक विचार रहेको छ।

उनको प्रसिद्ध कृति उत्तर अध्याय सूत्रको नेपाली अनुवाद मानव मिलन केन्द्रका संस्थापक डा. मणिभद्र मुनिजीले गरेका छन्।

यस अवसरमा नेपाल जैन परिषद्लगायतका विभिन्न संस्थाहरूले विशेष प्रवचन र पूजाआजाका कार्यक्रमहरू आयोजना गरेका छन्।

Copyright © 2024 | All rights reserved.