साउन २९, २०८३, शुक्रबार

सुनचाँदीकाे भाउ भारी वृद्धि


Advertisement Image
clock icon 4 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ एकैदिन छ हजार सात सय र चाँदीको एक सय ४५ रुपैयाँ बढेको हो।

मूल्य बढ्सँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९० हजार दुई सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तोलामा पाँच हजार रुपैयाँ बढेको सुनको भाउ सोमबार दुई हजार पाँच सय रुपैयाँ घटेको थियो । जसअनुसार आइतबार सुन प्रतितोला दुई लाख ८६ हजार र सोमबार दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

यता, सोमबार प्रतितोला चार हजार सात सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार आठ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

माघ १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको बजार विश्लेषकहरूको दाबी छ ।

Copyright © 2024 | All rights reserved.