0
प्रतिक्रिया
काठमाडौँ । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।
जेन-जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान गर्न अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। रिजाललाई आज बिहान सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको छ।
उनी जेन-जी आन्दोलनका बेला काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए र तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।
जेन-जी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।
साथै रिजालमाथि कर्मचारीलाई अध्यागमन तथा आकर्षक कार्यालयहरूमा सरुवा गर्दा पेशागत आचरणविपरीत काम गरेको आरोप पनि छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको विवरणअनुसार गृह मन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।
रिजालसँगै गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई पनि अनुसन्धानको दायरामा छन्।
हाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
Copyright © 2024 | All rights reserved.