चैत १८, २०८२, बुधबार

गण्डकीमा ४३ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै


Advertisement Image
clock icon 5 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गण्डकी प्रदेशमा ४३ हजार तीन सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विकास महाशाखा पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।

जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार आठ सय ४३ तथा सबैभन्दा कम मनाङमा ३४ र मुस्ताङमा एक सय ८६ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन्। 

यसैगरी तनहुँमा छ हजार एक सय ५५, नवलपुरमा छ हजार सा सय १२, स्याङ्जामा चार हजार दुई सय ८८ र बागलुङमा चार हजार दुई सय ३९ विद्यार्थीले एसईई दिँदैछन्।

यस्तै गोरखामा तीन हजार सात सय ९७, लमजुङमा दुई हजार आठ सय ६२, पर्वतमा दुई हजार दुई सय १७ र म्याग्दीमा दुई हजार २२ विद्यार्थी एसईईमा सहभागी हुनेछन् । 

प्रदेशभर एक सय ८७ वटा परीक्षा केन्द्र तोकिएको छ भने सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको जनाइएको छ ।

परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले एसईई परीक्षालाई विद्यार्थीमैत्री, सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूलाई समन्वय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

Copyright © 2024 | All rights reserved.