जेठ ०२, २०८३, शनिबार

पश्चिमी वायुको प्रभाव: देशभर बदली, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली कायम छ।

हाल गण्डकी प्रदेशका केही स्थानसहित कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको जनाइएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने कोशी प्रदेशका पहाडी भागसहित अन्य प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति भने पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ।

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विशेष गरी हिमाली क्षेत्रमा हुने हिमपात तथा पहाडी भेगमा आकस्मिक वर्षाले दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले पछिल्लो मौसमी अवस्थाबारे नियमित जानकारी लिन मौसमविद्हरूले सुझाव दिएका छन्।

Copyright © 2024 | All rights reserved.