चैत २०, २०८२, शुक्रबार

एगा पोखराका ४० सदस्यलाई अभिमुखीकरण तालिम


Advertisement Image
clock icon 1 day, 16 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गरे । 

पोखरा पर्यटनको राजधानी भएको बताउँदै उनले यहाँ आउने पर्यटकलाई लक्षित गरी समाग्रीहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले समाज प्रविधिमा फड्को मारिसकेको बताउँदै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए । तालिमका सिकाइलाई व्यवहारमा उतार्न उनले आग्रह गरे । 

एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यहरूको क्षमता अभिबृद्धिमा सहयोग पुर्याउने लक्ष्यका साथ अभिमुखीकरण तालिम आयोजना गरिएको बताए।

अध्यक्ष लम्सालको अध्यक्षता एवं सचिव माया सुवेदीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गरेकी थिइन्। कार्यक्रम संयोजक एवं सहसचिव सुरेन्द्र पौडेलले कार्यक्रम माथि प्रकाश पारेका थिए।

सहभागीलाई डिजिटर मार्केटिङ र ग्राहक पहिचान एवम् डिलिङ सम्बन्धमा पर्यटन विज्ञ दीपेन्द्र पहारी र तनाव व्यवस्थापन सम्बन्धमा सीता पौडेलले अभिमुखीकरण तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेललगायतको सहभागिता थियो ।

कार्यक्रमका सहभागीले भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकीकृत कृषि फर्म, नक्षत्र बाटिकालगायतका स्थलहरूको अवलोकन गरेका थिए ।   

Copyright © 2024 | All rights reserved.