चैत २१, २०८२, शनिबार

सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी शंकर अग्रवाल पक्राउ


Advertisement Image
clock icon 2 hours, 51 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयले शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अपरान्ह बयान लिएर राति पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।

यस्तै हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

Copyright © 2024 | All rights reserved.