चैत २१, २०८२, शनिबार

लायन्स डिस्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन आज


Advertisement Image
clock icon 2 hours, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सनको तयारी पूरा भएको छ । आज पोखरामा सम्पन्न हुने चौथो डिस्ट्रिक्ट कन्भेन्सनको सम्पूर्ण तयारी पूरा भएको भएको कन्भेनर सूर्य बरालले जानकारी दिए । कन्भेन्सन पोखरा इभेन्ट सेन्टरमा आयोजना हुँदैछ।

कन्भेन्सनलाई सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन, कार्यक्रम तालिका, अतिथि व्यवस्थापन तथा सहभागी समन्वयको काम सम्पन्न भइसकेको आयोजकले जनाएको छ। देशभरबाट लायन्स सदस्य, प्रतिनिधि तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

पूर्व उपगर्भनर ध्रुव श्रेष्ठले कन्भेन्सनलाई लायन्स अभियानको सुदृढीकरण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्छन्। उनी भन्छन्, “डिस्ट्रिक्ट कन्भेन्सनले लायन्स सदस्यहरूबीचमा अनुभव आदान–प्रदान, सहकार्यको विस्तार र भावी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्छ। यसले सङ्गठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिएका छौं।”

कन्भेन्सनका कन्भेनर सूर्य बराल ले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन विभिन्न उपसमितिहरू सक्रिय रूपमा खटिएका जनाएका छन् । सहभागीहरूलाई सहज वातावरणमा कार्यक्रम सम्पन्न गराउने लक्ष्य रहेको उनको भनाइ छ । 

त्यसैगरी, गभर्नर मिलनबाबु मल्लले कन्भेन्सनले लायन्स अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “यो कन्भेन्सन केवल औपचारिक कार्यक्रम मात्र नभई सेवा, नेतृत्व र प्रतिबद्धताको साझा मञ्च हो। यहाँबाट लिइने निर्णयहरूले आगामी वर्षका लागि हाम्रो कार्यदिशा तय गर्नेछन्।”

कन्भेन्सनमा सामाजिक सेवा, नेतृत्व विकास, अनुभव आदान–प्रदान तथा सङ्गठनात्मक सुदृढीकरणसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ। साथै, विभिन्न सेवा परियोजनाहरूको प्रस्तुति, सम्मान कार्यक्रम तथा भावी योजना निर्माणसम्बन्धी छलफलसमेत हुनेछन्।

आयोजकका अनुसार कन्भेन्सनले लायन्स सदस्यहरूबीचमा एकता, सहकार्य र प्रतिबद्धतालाई थप मजबुत बनाउँदै समाजसेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। औपचारिक कार्यक्रम अघि प्रभातफेरी आयोजना गरिने जनाइएको छ । 

Copyright © 2024 | All rights reserved.