चैत २७, २०८२, शुक्रबार

रुविकुमारी बनिन् उपसभामुख


Advertisement Image
clock icon 3 hours, 28 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुविकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वती लामालाई उठाएको थियो ।

अर्यालका अनुसार सरस्वती लामाको पक्षमा संसदमा उपस्थित भएका दुई सय ५७ सांसदमध्य प्रस्तावको पक्षमा जम्मा पाँच मत ,हुन्न भन्नेमा दुई सय १५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेद्वारीको प्रस्ताव अस्वीकृत भएको हो ।

योसँगै २५ वर्षकी रुविकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छन् ।

उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् ।

नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुविलाई समर्थन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.