असार ३१, २०८३, बुधबार

सुनचाँदीको भाउ बढ्यो


Advertisement Image
clock icon 2 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा आठ सय र चाँदीको ५५ रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बुधबार छावापाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रहेको थियो ।

यता, मंगलबार प्रतितोला चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.