0
प्रतिक्रिया
पोखरा । कास्की प्रहरीले सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गर्दै गरेका तीन ओटा टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३० गते राति करिब १०:१५ बजे पोखरा महानगरपालिका-२५ स्थित सेती गण्डकी नदी किनारमा अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा लोड गरिरहेको अवस्थामा तीन टिप्पर र तिनका चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा परेका टिप्परमध्ये ग १ क ४४७२ नम्बरको टिप्पर चालक पोखरा-१९ लामाचौर बस्ने २६ वर्षीय सुजन गुरुङ, जिएए ००७६ नम्बरको टिप्पर चालक पोखरा-१ सिम्पानी बस्ने २६ वर्षीय विकास घर्ती तथा जिएए ०१२४ नम्बरको टिप्पर चालक पोखरा-२५ याम्दी बस्ने २५ वर्षीय राजु मगर रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएका टिप्पर र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाएको थियो।
महानगरपालिकाले प्रत्येक चालकलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरी सवारी साधन छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
Copyright © 2024 | All rights reserved.