असार ३२, २०८३, बिहीबार

आज राष्ट्रिय भू-संरक्षण दिवस मनाइँदै


Advertisement Image
clock icon 11 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तरक्रियाका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि दिवस मनाउन थालिएको हो ।

विगत वर्षहरूमा फूलजन्य बिरुवा, धूपी, काइयोलागयत बोटबिरुवा रोपेर सो दिवस मनाइँदै आएको छ ।

वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको अहिलेको अवस्थामा  भू-संरक्षण दिवसमार्फत जनचेतना बढाउन अझ महत्वपूर्ण रहेको छ ।

Copyright © 2024 | All rights reserved.