असार ३२, २०८३, बिहीबार

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 10 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको सामान्य वृद्धि भएको छ ।

आइतबार प्रतितोला दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक सय रुपैयाँ बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, आइतबार दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदी आज सोमबार तोलामा पाँच रुपैयाँ बढेर दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यता पोखरामा आज सुनको भाउ प्रतितोला दुई लाख १५ हजार सात सय र चाँदी प्रतितोला दुई हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.