बैशाख ०४, २०८३, शुक्रबार

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


Advertisement Image
clock icon 4 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य आकाशिएको छ ।

आइतबार प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ सोमबार बढेर दुई लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो ।

सुनको सोमबारको भाउ हालसम्मकै उच्च हो ।

यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार छ सय रुपैयाँका कारोबार भएको थियो ।

यता, सोमबार असली चाँदीको भाउ बढेको छ । मूल्य बढेसँगै चाँदी सोमबार प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदी यसअघि गत शुक्रबार प्रतितोला तीन हजार नौ सय पाँच रुपैयाँ पुगेको थियो ।

Copyright © 2024 | All rights reserved.