बैशाख ०४, २०८३, शुक्रबार

सांस्कृतिक पर्वले आपसी एकता र सद्भाव बढाउँछ: प्रधानमन्त्री


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको महान् पर्व ‘तमु ल्होसार’ तथा दुरा समुदायको ‘म्हैप्रु नकुमा’ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी मौलिक पर्वहरूले नेपालको बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई थप सुदृढ बनाउने बताएकी छन्।

यस्ता सांस्कृतिक उत्सवहरूले नेपालीहरूबीच आपसी एकता, शान्ति र सद्भाव बढाउन महत्त्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले यी पर्वहरूका माध्यमबाट सबै नेपालीको जीवनमा सुख, समृद्धि र समुन्नतिको सञ्चार होस् भन्दै मंगलमय कामनासमेत प्रकट गरेकी छन्।

Copyright © 2024 | All rights reserved.