0
प्रतिक्रिया
पोखरा। इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसाेसिएसन (एगा) पोखराको शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सोमबार सम्पन्न भएकाे छ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले परिषद र एगा मिलेर पर्यटन प्रवर्द्धन गर्दै आएको बताए।
उनले २०८३ सालमा पर्यटन क्षेत्रमा महत्त्वपूर्ण आयाम थपिने विश्वास व्यक्त गरे ।
पर्यटन वोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले एगाले सामाजिक र व्यवसायिक क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएकाे भन्दै प्रशंसा गरे ।
उनले विगतमा एगासँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा काम गरिएको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गरिने प्रतिवद्दता जनाए।
रुकुम पूर्वकाे सिस्ने गाउँपालिकाका पूर्व जनप्रतिनिधि जीवन केसीले रुकुम पूर्व र कास्कीलाई जाेड्न र सिकाई आदानप्रदान गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा संस्थाका संस्थापक वेदप्रसाद पाण्डे, पूर्वअध्यक्षद्वय चिरञ्जीवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, सद्भाव सदस्यद्वय गाेविन्द अधिकारी, प्रतापबहादुर कार्की, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पाैडेल र पत्रकार माधव पनेरूले बाेलेका थिए।
संस्थामा अध्यक्ष गाेकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता ढकालले स्वागत र सचिव माया सुवेदीले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका सदस्य एवं क्यान्सर पीडित बुद्धि क्षेत्री र क्यान्सर पीडित मीरा पन्तलाई आर्थिक सहयोग गरिएको थियो।
Copyright © 2024 | All rights reserved.