जेठ १५, २०८३, शुक्रबार

पोखरामा विमानस्थल–अमरशिह चोक सटल बस सेवा शुरू, आषाढसम्म निःशुल्क


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंहचोकसम्म सुविधासम्पन्न इलेक्ट्रिक सटल बस सेवा सञ्चालनमा ल्याइने भएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर सेवा शुभारम्भ गर्न लागिएको हो।

पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीहरूको साझेदारीमा उक्त सेवा शुरू गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

पाइलट कार्यक्रमका रूपमा आगामी आषाढ मसान्तसम्म सटल बस सेवा निःशुल्क सञ्चालन गरिने जनाइएको छ।

त्यसपछि स्थानीय व्यवसायीहरूले न्यूनतम शुल्कमा सेवा निरन्तर सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

यस सेवाले विमानस्थल र शहरबीचको आवागमनलाई सहज बनाउने तथा पर्यटक र स्थानीय यात्रु दुवैलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ।

Copyright © 2024 | All rights reserved.