जेठ १४, २०८३, बिहीबार

सुनचाँदीको भाउमा गिरावट


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो तथा २०८२ सालको अन्तिम दिन सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा चार सय र चाँदीको ७५ रुपैयाँ घटेको हो ।

भाउ घटेसँगै सोमबार छापावाला सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँ रहेको थियो।

यता आइतबार प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार नौ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.