0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकावडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालय र त्रिवेणी इन्टरनेशनल कलेज टिआईसी पोखरा-२७, तालचोक बीच सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।
दीपशिखा सामुदायिक पुस्तकालयको सभाहलमा सोमबार भएको सम्झौतापत्रमा त्रिवेणी इन्टरनेशनल कलेजका प्रमुख डिल्लिराम पौडेल, कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराई,उपप्राध्यापक शिवचन्द्र घिमिरे, सल्लाहकार छत्रधर आत्रेय, बाबुराम गिरी तथा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीलगायत कार्यसमितिका पदाधिकारीहरू, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थितिमा हस्ताक्षर गरी एक-एकप्रति आदानप्रदान गरिएको थियो ।
कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले सहमति ज्ञान, सहकार्य र सामाजिक उत्तरदायित्वको साझा यात्रातर्फ उन्मुख एक अर्थपूर्ण आरम्भ भएको aताए ।
क्याम्पस प्रमुख डिल्लLराम पौडेलले कलेज, विद्यार्थी र पुस्तकालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पारस्परिक सहयोग, स्रोत आदान–प्रदान तथा बौद्धिक समृद्धिको नयाँ सम्भावना उजागर गर्ने विश्वास गरे ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले यस सहकार्यले भविष्यमा सिर्जनशीलता, अनुसन्धान र सामाजिक चेतनाका क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरेका थिए।
सहकार्यका आधार बुदागत रुपमा राख्दै प्रमुख पौडेलले विद्यार्थीहरूमा अध्ययनप्रति आकर्षण अभिवृद्धि गर्दै पठन संस्कृतिको विकासमा उल्लेखनीय टेवा पुर्याउने विश्वासका साथ सुसंस्कृत समाज निर्माणतर्फ यो कदम प्रेरणादायी बन्ने अपेक्षा गरिएको धारणा राखेका थिए ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष माधव भण्डारी र लेखनाथ उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष गोपीचन्द्र बास्तोलाले आआफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
Copyright © 2024 | All rights reserved.