साउन ०१, २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा दुई हजार नौ सय र चाँदी एक सय ५५ रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ रहेको थियो ।

सोमबारको तुलनामा मंगलबार पनि सुनको भाउ तोलामा तीन हजार एक सय रुपैयाँ बढेको थियो।

यता, मंगलबार प्रतितोला पाँच हजार ६५ रुपैयाँ रहेको असली चाँदीको भाउ बुधबार बढेर पाँच हजार दुई सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.