जेठ १८, २०८३, सोमबार

तोलामा तीन हजार घट्यो सुनको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा तीन हजार र चाँदी एक सय २० रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि सुन बिहीबार प्रतितोला तीन लाख दुई हजार आठ सय रुपैयाँ रहेको थियो।

यता बिहीबार प्रतितोला पाँच हजार दुई सय ५० मा कारोबार भएको असली चाँदीको भाउ घटेर पाँच हजार एक सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.