जेठ ३०, २०८३, शनिबार

नेपाल र ओमानबीच आज प्रतिस्पर्धा, लगातार दोस्रो जितको खोजीमा घरेलु टोली


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आफ्नो दोस्रो खेलमा ओमान राष्ट्रिय क्रिकेट टोली को सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ।

आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली लाई पराजित गर्दै शृङ्खलामा सुखद् शुरूआत गरेको नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा छ।

घरेलु मैदान र दर्शकको साथ पाउने नेपालका लागि आजको खेल अङ्क तालिकामा स्थान सुधार गर्न निकै महत्त्वपूर्ण छ। नेपाल हाल २१ खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ।

यता ओमान भने आफ्नो पहिलो खेलमा युएईसँग पराजित भएकाले आजको खेलमार्फत लयमा फर्किन चाहन्छ। २५ खेलमा २९ अङ्कका साथ ओमान अङ्क तालिकाको तेस्रो स्थानमा छ। शीर्ष टोलीको होडमा रहिरहन ओमानका लागि पनि यो खेल उत्तिकै दबाबपूर्ण हुने देखिन्छ।

नेपाली टोलीको पछिल्लो प्रदर्शन र घरेलु मैदानको अवस्थालाई हेर्दा आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

समर्थकहरूले पनि आफ्नो टोलीको हौसला बढाउन त्रिवि मैदानमा उपस्थिति जनाउने तयारी गरेका छन्।

Copyright © 2024 | All rights reserved.