साउन १२, २०८३, मंगलबार

सुन-चाँदीको भाउमा भारी गिरावट


Advertisement Image
clock icon 1 hour, 45 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। नेपाली बजारमा मंगलबार सुन-चाँदीको भाउमा भारी गिरावट आएको छ ।

सोमबारको तुलनामा सुनको भाउ तोलामा चार हजार तीन सय र चाँदीको एक सय ३५ रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यसअघि सोमबार प्रतितोला चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.