बैशाख १८, २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 hour, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउ तीन दिनदेखि लगातार घटेको थियो ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा तीन हजार चार सय र चाँदीको एक सय ३५ रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार आठ सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको शुक्रबार भाउ बढेर चार हजार नौ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.