साउन २०, २०८३, बुधबार

सुनको भाउ घट्दा चाँदीको बढ्यो


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको हो।

गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्दा चाँदीको ६५ रुपैयाँ बढेको हो।

मूल्य घटेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९५ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९६ हजार एक सय र प्रति १० ग्रामको दुई लाख ५३ हजार आठ सय ६० रुपैयाँ रहेको थियो ।

यता गत शुक्रबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँ रहेको असली चाँदीको भाउ बढेर आइतबार पाँच हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Copyright © 2024 | All rights reserved.