साउन १९, २०८३, मंगलबार

पोखरामा निर्माणाधीन ग्रीन भेन्चर जोनबारे कोइका टोलीसँग महानगर प्रमुखको छलफल


Advertisement Image
clock icon 1 hour, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को मुख्यालयबाट आएको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेट गरी पोखरामा निर्माणाधीन ग्रीन भेन्चर जोन परियोजनाका विषयमा छलफल गरेको छ।

छलफलमा कोइकाको दक्षिणपश्चिम एसिया क्षेत्रका सहायक प्रबन्धक गाह्योन ली नेतृत्वको टोली सहभागी थियो।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको पनि सहभागिता रहेको थियो।

टोलीमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का गण्डकी-लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, जीसीआरयूका परियोजना व्यवस्थापक, कोइका काठमाडौँ कार्यालयकी सृष्टि चित्राकारलगायत सहभागी थिए।

भेटका क्रममा पोखरामा निर्माणाधीन ग्रीन भेन्चर जोन परियोजनाको प्रगति, कार्यान्वयन र आगामी योजनाबारे छलफल भएको महानगरपालिकाले जनाएको छ।

Copyright © 2024 | All rights reserved.