बैशाख २४, २०८३, बिहीबार

आज देशभर बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


Advertisement Image
clock icon 1 hour, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ।

यसका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।

अहिले गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहने र तराई भूभागमा आंशिक बदली हुने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै, तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश र देशका अन्य हिमाली भूभागमा साधारणतया बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ।

कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेश र अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ।

Copyright © 2024 | All rights reserved.