जेठ १८, २०८३, सोमबार

आरसीबीको दबदबा कायम, लगातार दोस्रो वर्ष पनि च्याम्पियन


Advertisement Image
clock icon 1 hour, 15 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । १८ वर्षसम्म आईपीएल उपाधिको प्रतीक्षामा रहेको रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) अहिले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा गुजरातलाई ५ विकेटले पराजित गर्दै बैंगलुरूले आईपीएल २०२६ को उपाधि जितेको हो।

यससँगै आरसीबीका कप्तान रजत पाटीदार लगातार दुई आईपीएल उपाधि जित्ने इतिहासकै तेस्रो कप्तान बनेका छन्। यसअघि महेन्द्र सिंह धोनी (२००९ र २०१०) तथा रोहित शर्मा (२०१९ र २०२०) ले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।

बैंगलुरूको सफलताको मुख्य आधार सन्तुलित टोली प्रदर्शन रह्यो। टोली कुनै एक खेलाडीमा निर्भर नहुँदा ब्याटिङतर्फ विराट कोहली, रजत पाटीदार र देवदत्त पडिक्कलले निरन्तर रन बनाए भने बलिङमा भुवनेश्वर कुमार, रसिख सलाम र जोस हेजलवुड प्रभावशाली देखिए।

सिजनभर टोलीका आठ फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ घोषित हुनु आरसीबीको सामूहिक प्रदर्शनको प्रमाण बनेको छ।

यो सिजन आरसीबीको ब्याटिङ सबैभन्दा बलियो पक्ष रह्यो। फाइनलमा कोहलीले अविजित ७५ रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई उपाधि दिलाए। उनले सिजनका १६ खेलमा १६५ दशमलव ८४ को स्ट्राइकरेटमा ६७५ रन बनाए, जसमा एक शतक र पाँच अर्धशतक समावेश छन्।

कप्तान पाटीदारले पनि आक्रामक शैलीमा ब्याटिङ गर्दै १५ खेलमा १९२ दशमलव ६९ को स्ट्राइकरेटमा ५०१ रन जोडे। त्यस्तै, पडिक्कलले ४६४ रन बनाउँदै शीर्ष क्रमलाई मजबुत बनाए। यी तीन ब्याटरले मात्रै सिजनभर टोलीका लागि कुल एक हजार ६४० रन योगदान गरेका थिए।

मध्यक्रममा वेन्कटेश अय्यरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। उनले ६ इनिङमा २०९ रन बनाए, जसमा फाइनलमा १६ बलमा बनाएको ३२ रनको तीव्र इनिङ पनि समावेश छ।

शीर्ष र मध्यक्रमबाट निरन्तर योगदान प्राप्त भएकाले आरसीबीले सिजनभर ठूलो दबाब झेल्नुपरेन र अन्ततः लगातार दोस्रो पटक आईपीएल उपाधि जित्दै नयाँ इतिहास रच्न सफल भयो।

Copyright © 2024 | All rights reserved.