असार ३२, २०८३, बिहीबार

पोखरामा मोटरसाइकलको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक किशोरको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार दिउँसो पोखरा महानगरपालिका कार्यालय अगाडि न्यूरोड क्षेत्रमा ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा पोखरा–११ फूलबारी निवासी १७ वर्षीय सिर्जन तिवारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि न्यूरोडस्थित पद्मश्री अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा तिवारीलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.