असार ३२, २०८३, बिहीबार

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार मध्यान्ह भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपछि यो लामिछानेको पहिलो औपचारिक भारत भ्रमण भएको बताइएको छ।

उनीसँग उनकी श्रीमती निकिता पौडेल पनि भारत गएकी छन्।

सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

भ्रमणका क्रममा लामिछानेले भारतका उच्च स्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निश्चित भइसकेको छैन।

सम्भावित भेटवार्तालाई लिएर दुवै देशबीचको राजनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा संवाद हुने अपेक्षा गरिएको छ।

Copyright © 2024 | All rights reserved.