0
प्रतिक्रिया
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई सय र चाँदीको ८५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार र मंगलबार सुनको भाउ प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ रहेको थियो ।
यता, बुधबार प्रतितोला पाँच हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर पाँच हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.