जेठ २६, २०८३, मंगलबार

पोखरा विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोग, महालेखाले देखायो करोडौँको हिनामिना


Advertisement Image
clock icon 2 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा विश्वविद्यालयमा अध्ययन बिदाको व्यवस्थापन प्रभावकारी नहुँदा शिक्षक तथा कर्मचारीबाट यसको दुरुपयोग भएको पाइएको छ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले २०७४ यता अध्ययन बिदामा गएका ५१ जनामध्ये केही सेवामा नफर्किएको, केहीले कबुलियतअनुसार अवधि पूरा नगरेको र केहीले स्वीकृतिबिनै थप अध्ययन गरेको उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार यसबाट विश्वविद्यालयलाई १ करोड १२ लाख २६ हजार रुपैयाँ आर्थिक क्षति पुगेको छ। महालेखाले उक्त रकम वार्षिक १० प्रतिशत ब्याजसहित सम्बन्धित व्यक्तिबाट असुल गर्न निर्देशन दिएको छ।

विश्वविद्यालय नियमावलीमा अध्ययन बिदाको सर्त उल्लङ्घन गर्नेमाथि तलब, भत्ता र अन्य सुविधासहित दोब्बर रकम असुल गर्ने व्यवस्था छ।

यो घटनाले अध्ययन बिदा प्रदान गर्ने र त्यसको अनुगमन गर्ने विश्वविद्यालयको संयन्त्र कमजोर रहेको देखाएको छ। दक्ष जनशक्ति उत्पादनका लागि दिइने सुविधाको दुरुपयोग हुँदा विश्वविद्यालयले आर्थिक मात्र होइन, शैक्षिक क्षति पनि बेहोर्नुपरेको छ।

यसअघि त्रिभुवन विश्वविद्यालय र निजामती सेवामा पनि यस्तै समस्या देखिएकाले अध्ययन बिदा प्रणालीलाई पारदर्शी, जवाफदेही र कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता थप उजागर भएको छ।

Copyright © 2024 | All rights reserved.