साउन ०८, २०८३, शुक्रबार

कास्की प्रहरीको सक्रियता, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका सात सय ७३ सवारीलाई कारवाही


Advertisement Image
clock icon 2 hours, 5 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। कास्की प्रहरीले सञ्चालन गरिरहेको 'अपरेशन ३६५' अभियानअन्तर्गत ध्वनि प्रदूषण गर्ने तथा स्वरूप परिवर्तन गरिएका थप ३३ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ७ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकजाँच सञ्चालन गर्दा नियमविपरीत परिमार्जन गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रहरीका अनुसार महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट दुई, लेकसाइड, सिर्जनाचोक र राष्ट्रबैंकचोक क्षेत्रबाट १०, तालचोक र गगनगौंडा क्षेत्रबाट दुई, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी र नदीपुर क्षेत्रबाट १४ तथा अमरसिंहचोक, अस्पतालचोक र बुद्धचोक क्षेत्रबाट पाँच ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

कास्की प्रहरीले सञ्चालन गरिरहेको यस अभियानअन्तर्गत हालसम्म सात सय ७३ ओटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जनाएको छ।

यसअघि पनि प्रहरीले बिहीबार १८ ओटा मोटरसाइकल नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो।

ध्वनि प्रदूषण नियन्त्रण, ट्राफिक नियमको पालना गराउने तथा सार्वजनिक शान्ति कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको 'अपरेशन ३६५' अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए।

Copyright © 2024 | All rights reserved.