बैशाख ०३, २०८३, बिहीबार

प्रस्याङ रातामाटा महिला समूहको नेतृत्व विकास कार्यक्रम सम्पन्न


Advertisement Image
clock icon 11 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित प्रस्याङ रातामाटा महिला (आमा) समूहको नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले महिलाले देशकै नेतृत्व गरिसकेको बताए । उनले नेतृत्व विकास तालिमले महिलामा हौसला बढ्ने विश्वास व्यक्त गरे । 

जुनसुकै काम पनि महिला बिना अधुरै हुने भन्दै उनले महिलाहरु अब चुलो र चौकामा मात्र सीमित हुन नहुने स्पष्ट पारे ।

पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले प्रस्याङ रातामाटा महिला (आमा) समूह उत्कृष्ट संस्था रहेको भन्दै प्रत्येक गतिविधिमा वडा कार्यालयको सहयोग रहने प्रतिवद्धता जनाए । 

कार्यक्रममा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडासदस्य कल्पना भुवाजी क्षेत्री, प्रस्याङ टोल विकास संस्थाका अध्यक्ष लेखनाथ पौडेल, समूहका सल्लाहकार एवं संस्थापक अध्यक्ष गोमा सोती, धारापानी आमा समूहकी अध्यक्ष मिरा केसीलगायतले बोलेका थिए । 

समूहकी अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष लक्ष्मी दाहालले र सञ्चालन सचिव शकुन्तला आचार्यले गरेकी थिइन् । 

तलिममा ५० जना महिला सहभागी थिए । उनीहरुलाई नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य अधिवक्ता सरिता तिमिल्सिनाले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमलाई सामाजिक विकास कार्यालय कास्कीले सहकार्य गरेको थियो ।

Copyright © 2024 | All rights reserved.