असार ३१, २०८३, बुधबार

भारी वर्षाको पूर्वानुमानपछि पोखरा महानगरद्वारा स्वास्थ्य सेवा ‘हाइ अलर्ट’


Advertisement Image
clock icon 12 hours, 20 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबानलगायत विपद्जन्य घटनालाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा अत्यधिक वर्षाको पूर्वानुमान गरेसँगै महानगरको स्वास्थ्य महाशाखाले मातहतका सबै स्वास्थ्य संस्थालाई नियमित तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न निर्देशन दिएको हो।

स्वास्थ्य महाशाखाका अनुसार स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक स्रोत–साधन तयारी अवस्थामा राखिएको छ।

आवश्यकताअनुसार थप स्वास्थ्यकर्मी तथा सम्बन्धित जनशक्ति परिचालन गरी नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराइने व्यवस्था पनि मिलाइएको जनाएको छ।

महानगरले वर्षायाममा स्वास्थ्यसम्बन्धी आकस्मिक समस्या, विपद्जन्य चोटपटक वा अन्य आपत्कालीन अवस्था परेमा नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य महाशाखामा सम्पर्क गरी सेवा लिन नगरवासीलाई आग्रह गरेको छ।

 

Copyright © 2024 | All rights reserved.