बैशाख ०३, २०८३, बिहीबार

नवजीवन महिला विकास संस्थाको १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान


Advertisement Image
clock icon 10 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं १० स्थित नवजीवन महिला विकास संस्थाले आफ्नो १२औं स्थापना दिवस तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमसम्पन्न गरेको छ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १० का वडासदस्य परमेश्वर कार्कीले संस्थाले महिला सशक्तीकरण, सामाजिक जागरण, सीप विकास र ज्येष्ठ नागरिकप्रतिको सम्मानमा उल्लेखनीय भूमिका खेलेको बताए ।

समाज परिवर्तनमा महिला अघि बढ्न जरुरी रहेको भन्दै उनले नवजीवन महिला विकास संस्था यस क्षेत्रमा प्रेरणाको स्रोत बनेको स्पष्ट पारे ।

कार्यक्रममा पोखरा-३१ का निवर्तमान वडाध्यक्ष कमलबहादुर थापा, पत्रकार महासंघका उपाध्यक्ष कञ्चन थापा, संस्थाका सल्लाहकार निश्चल पोख्रेल र संस्थाका संस्थापक अध्यक्ष कमला थापालगायतले बोलेका थिए ।

संस्थाले विगत १२ वर्षदेखि महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम, जनचेतनामूलक कार्यक्रम तथा समुदायस्तरका सहयोग गतिविधि गर्दै आएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरेको छ । संस्थाका अध्यक्ष सीमा पोख्रेलको अध्यक्षमा भएको कार्यक्रमको स्ञ्चालन सचिव सविता तिमिल्सिनाले गरेकी थिइन् ।

Copyright © 2024 | All rights reserved.